उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा शृंखलाबद्ध तोप प्रहार


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सीउल- उत्तर कोरियाले आइतबार स्थानीय समयअनुसार बिहान ८ बजेदेखि ११ बजेसम्म तोप प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

किम जोङ उनले उत्तर कोरियालाई आणविक रूपमा सशक्त देश बनाउने प्रतिबद्धता गरेको भोलिपल्ट उत्तरले शृंखलाबद्ध ढंगले तोप प्रहार गरेको हो।

उत्तरको तोप प्रहारबारे दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले थप विवरणहरू दिएको छैन्। तर, उसको प्रहार परम्परागत शैलीका, तुलनात्मक रूपमा छोटो दूरीको र कम उचाइको भएको जनाइएको छ। उत्तरले यसअघि पनि एकपछि अर्को आणविक हतियार परीक्षण गर्दै आएको छ।

गत साता भएको वर्कस पार्टीं बैठकमा किमले उत्तर कोरियाको सार्वभौम अधिकारको रक्षा गर्न देशको सैन्य शक्ति र रक्षा अनुसन्धानलाई प्रबद्र्धन गर्नुपर्ने बताएका थिए।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर दक्षिण कोरियाले उमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको छ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : ३२ बजे

नाटो शिखर सम्मेलनअघि किएभमा रुसी मिसाइल आक्रमण, आठ जनाको मृत्यु

किएभ– टर्कीमा मङ्गलबारदेखि सुरु हुने नाटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा रुसले सोमबार

पार्टीको नीति एकातिर, प्रधानमन्त्री बालेन्द्रको कार्यशैली अर्कातिर : बलावती शर्मा 

काठमाडौं– सरकारले १०० दिन परिणाममुखी काम गरेको दाबी गरिरहँदा प्रतिपक्षहरू

धुलिखेल-खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने 

काभ्रेपलाञ्चोक– बर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा

कुवा संरक्षण चारकुनेवासी

तनहुँ– व्यास नगरपालिका–१ स्थित चारकुने गाउँका बासिन्दा सामुदायिक कुवाको संरक्षण

कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’

मान्म– विषादीले मानव स्वास्थ्य र कृषिमा गम्भीर चुनौती थपिएको भन्दै