बजेट निर्माणमा असम्बन्धित पक्षको सहभागिता नरहेको अर्थ मन्त्रालयको दाबी | Khabarhub Khabarhub

बजेट निर्माणमा असम्बन्धित पक्षको सहभागिता नरहेको अर्थ मन्त्रालयको दाबी


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ ।

आज अन्नपूर्ण पोस्टमा प्रकाशित ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो..’ समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो ।

मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल अर्थ मन्त्रीका बारेमा भ्रम सिर्जना हुने गरी तथ्य र तर्क भन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखेर समाचार प्रसारण हुनु भ्रमपूर्ण रहेको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले बजेट निर्माणका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरु बाहेक अरु कसैको सहभागिता नरहेको दाबी गरेको छ ।

 

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ८ : १० बजे

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै