अवैध लागू औषधसहित पाँच जना पक्राउ  « Khabarhub

अवैध लागू औषधसहित पाँच जना पक्राउ 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ- काठमाडौँ, कञ्चनपुर, दाङ र चितवनबाट अवैध लागू औषधसहित पाँच जना पक्राउ परेका छन् ।

३ ग्राम ७ सय मिलिग्राम अवैध लागू औषध ब्राउनसुगरजस्तो देखिने पदार्थ सहित झापा दमक उपमहानगरपालिका–९ घर भएका २७ वर्षीय सञ्जय लिम्बुलाई सोमबार प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १९२७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट १० ग्राम ३ सय ८० मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो पदार्थ र ५ हजार भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय जसबिन्दर सिंह छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१८ फुर्सेखाली बस्ने २४ वर्षीय आकाश रोका मगरलाई ५ सय मिलिग्राम अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनले सोही ठाउँस्थित गिठेपानीमा लागू औषध ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

चितवनको रत्ननगर नगरपालिका–२ टाडी चोकबाट नियन्त्रित लागू औषध १ सय ३७ एम्पुल नोफिम, १ सय ३८ एम्पुल डाइजेपाम र १ सय ३८ एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका–६ बस्ने २९ वर्षीया वन्दना रुम्बा र उनकै श्रीमान ३७ वर्षीय नेमराज रुम्बा रहेका छन् ।

अस्पताल रोडबाट टाडी चोकतर्फ जाँदै गरेको ना.६१ प ६७२६ नम्बरको मोटरसाइकलाई इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वन्दनाको झोलाबाट उक्त लागू औषध सहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  २ : ३८ बजे

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको

ट्रम्पको धम्की : आज राति एउटा सम्पूर्ण सभ्यता नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन

वाशिङ्टन- अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सभ्यता नै समाप्त गरिदिने धम्की

समाजले ‘अंश खाने छोरो छैन’ भनेपछि गरिदिए छोरीको व्रतबन्ध

काठमाडौं– सुवास बस्ताकोटी र अनुपा रेग्मीले आफ्ना दुई छोरीको व्रतबन्ध

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी