यस्ता छन् सुदूरपश्चिम प्रदेश सरकारका बजेटका प्राथमिकता | Khabarhub Khabarhub

यस्ता छन् सुदूरपश्चिम प्रदेश सरकारका बजेटका प्राथमिकता


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेश सरकार १ असारमा प्रदेशको बजेट ल्याउन गरी तयारीमा जुटेको छ । बजेटका लागि अन्तिम तयारी गरिरहेको प्रदेश सरकारले केही महत्त्वाकाङ्क्षी योजना ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारले ल्याउन लागेका केही महत्त्वाकाङ्क्षी योजना तत्काल पूरा हुने खालका भने हुने छैनन् । चिसापानी–सुगरखाल–पण्डौन–खैराला–खानीडाँडा गुरिल्ला ट्रेलको सम्भाव्यता अध्ययन गरी पर्यटकीय पदमार्गको रुपमा विकास गर्ने कार्यक्रम यस पटकको बजेटमा आउनेछ । जुन योजना कार्यान्वयन गर्न वर्षौँ लाग्ने देखिन्छ । तर, यो योजना सफल भएमा कैलालीमा पर्यटन व्यवसायले उल्लेख्य प्रगति गर्नेछ ।

त्यसैगरी आगामी बजटेमा सुदूरपश्चिमले प्रदेश प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि कार्यक्रम ल्याउनेछ । विगत ५ वर्षदेखि विश्वविद्यालय निर्माणमा जुटेको प्रदेश सरकारले आगामी बजेटमा केही भौतिक प्रगति गर्ने देखिएको छ । प्राविधिक विश्वविद्यालय निर्माण गर्न सकेको खण्डमा भने सुदूरपश्चिममा आर्थिक अभावका कारण बाहिर जान नसक्ने विद्यार्थीका लागि राम्रो अवसर हुनेछ । तर, विश्वविद्यालय सञ्चालनका लागि प्रभावकारी कामको आवश्यकता देखिन्छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गर्ने बजेटमा एक निर्वाचन क्षेत्र एक नमूना विद्यालयजस्ता कार्यक्रमलाई समेट्ने भएको छ । प्रदेश सरकारले कक्षा १० को अन्तिम परीक्षाको व्यवस्थापन तथा सञ्चालन गर्न प्रदेश परीक्षा बोर्ड स्थापना गरिने नीति कार्यक्रममा उल्लेख गरेको छ । जुन कुरालाई बजेटमा पनि समावेश गर्ने तयारी गरिएको छ ।

यसैगरी ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालयको भौतिक प्रगति सम्पन्न भइसकेकोमा प्रदेश सरकारले आगामी वर्षदेखि त्यसलाई सञ्चालनमा ल्याउने गरी बजेट कार्यक्रम ल्याउने तयारी गरेको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको महत्त्वाकाङ्क्षी योजनाका रुपमा मोनोरेल सञ्चालन गर्न पूर्व–पश्चिम राजमार्गअन्तर्गत चिसापानी–अत्तरिया–गड्डाचौकी खण्डलाई चार लेनको बनाउन सम्भाव्यता अध्ययन गर्नेजस्ता कार्यक्रम समावेश गरिएका छन् ।

सुदूरपश्चिम प्रदेशलाई आगामी आवमा संघले ९ अर्ब समानीकरण अनुदान, ६ अर्ब ९८ करोड सशर्त अनुदान, ७९ करोड विशेष अनुदान र ७६ करोड समपूरक अनुदान गरी कुल १७ अर्ब ५५ करोड रुपैयाँ अनुदान हस्तान्तरण गर्ने भएको छ । जसमा १० अर्ब ९० करोड चालू र ६ अर्ब ६५ करोड पुँजीगत अनुदान छ । चालू आर्थिक वर्ष सुदूरपश्चिम प्रदेशको ३० अर्ब ३३ करोड बजेट ल्याएको थियो ।

देशमा संघीय व्यवस्था लागु भएपछि बनेको पहिलो प्रदेश सरकारको अन्तिम बजेटमा धेरै कार्यक्रम भने विगतकै योजनालाई दोहोर्‍याउने गरी आउने आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले बताए ।

१ असारमा प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तयारी पूरा भएको उनले बताए । उनका अनुसार प्रदेशको आगामी आर्थिक वर्षको बजेट ३३ अर्बको हाराहारीमा आउनेछ । जसमा कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखिएका छन् । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको थियो । प्रदेश सरकारले पहिलो पञ्चवर्षीय योजनाको आधार पत्रका आधारमा बाँडफाँट हुने गरी बजेट ल्याउने जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ३ : ३४ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड