निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने  « Khabarhub

निर्वाचन आयोगले असार १ गतेबाट पुनः मतदाता नामावली संकलन गर्ने 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले बुधबार (असार १ गते) बाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । ‘सबै निर्वाचन कार्यालयहरू र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गते देखि मतदाता नामावली संकलन गरिने छ ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए । मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता निर्वाचन अधिकारीले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।  प्रवक्ता पौडेलका अनुसार कुनै मतदाताले विवाह वा बसाइ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : २९ बजे

रुससँग डिजेल सम्झौतापछि ट्रम्प-जेलेन्स्की विवाद चर्कियो, ट्रम्पले मागे युक्रेनमा नयाँ नेतृत्व

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाएर

बेत्रावतीस्थित फलाकु खोलामा सेनाले बनाएको एक्रो बेलीब्रिज सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीका

चलचित्र ‘३६ को आँकडा’को ‘बहुलाउँछु कि क्या हो ?’ गीत सार्वजनिक

काठमाडौँ– अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’को गीत

वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद, कमाउँछन् वार्षिक एक लाख ५० हजार

भोजपुर– वैदेशिक रोजगारीबाट फर्किएपछि पुनः विदेश जाने सोच बनाउने युवाका लागि

समस्याग्रस्त सहकारीका बचतकर्तालाई  विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई