आईसीसी विश्वकप लिग शृङ्खला : नेपालसँग ओमान पराजित « Khabarhub

आईसीसी विश्वकप लिग शृङ्खला : नेपालसँग ओमान पराजित


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत गएराति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ।

अमेरिकामा भइरहेको त्रिदेशीय श्रृङ्खलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो।

अमेरिकाको टेक्ससको मोसा क्रिकेट मैदानमा गएराति नेपालले लिगको शीर्ष स्थानमा रहेको ओमानलाई ७ विकेटले हराएको हो।

ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो।

नेपालको जितमा आसिफ शेख ६२ र कुशल भुर्तेलले ५६ रनमा बनाउनुभयो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ६३ रन बनाएको थियो।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिनुभयो। श्रृङ्खला अन्तर्गत नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार राति खेल्नेछ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ५८ बजे

मन्त्री मेहतासँग युएनएफपिएका प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या

‘विगतमा कम विकास भएका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छौँ’

सुदूरपश्चिम– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतमा कम विकास भएका

सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सेवामा हुने वैदेशिक भ्रमणलाई

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात-निर्यात ठप्प

सिन्धुपाल्चोक– तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।