सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन  « Khabarhub

सिक्किममा रोकियो ‘कबड्डी ४’ को प्रदर्शन 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिक्किम सरकारले तत्कालका लागि ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शनमा रोक लगाउने भएको छ । सिक्किममा फिल्म प्रदर्शन नहुने घोषणा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले फेसबुकमा स्टाटस लेख्दै गरेका हुन् । उनले विवाद साम्य नभएसम्म सिक्किममा फिल्म चलाउने नदिने घोषणा गरेका छन् । ‘सिक्किमे जनताको तथा थुप्रै संघ संस्थाको आग्रहलाई ख्याल गर्दै राज्य सरकारले विवादको चित्त बुझ्दो समाधान नभएसम्म फिल्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ,’ मुख्यमन्त्रीले गोलेले लेखेका छन् ।

काठमाडौँको सिभिल मलमा गुम्बा बसेका लामाले फिल्मकी अभिनेत्री मिरुना मगरले ‘ब्याड टच’ गरेको भन्दै मिरुनाको मौखिक उजुरीमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । लामा पक्राउको चौतर्फी विरोध भएपछि प्रहरीले लामालाई छाड्नुका अलावा दुवै पक्षले एकअर्कासँग माफी मागेर विवाद टुंगिएको घोषणा गरिएको थियो । तर बाँकी लामाहरूले फिल्मको टिम र आरोपित लामाबीच भएको सहमतिमा सन्तुष्टि जनाएका थिएनन् ।

विवाद साम्य नभएपछि सिक्किममा पनि फिल्म प्रतिबन्ध लगाउनुपर्ने माग गर्दै राज्य सरकारको ध्यानाकर्षण गराएका थिए । यही निवेदनका आधारमा राज्य सरकारले फिल्म रोक्ने निर्णय गरेको हो ।योसँगै निर्माताको १ करोड बढी रकम जोखिममा परेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १२ : ५७ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर