माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे  « Khabarhub

माधव नेपालको गुनासो : पराजित हुने भएपछि टिकट फिर्ता लिएर हिँडे 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् ।

मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने कामसमेत भएको भन्दै गुनासो गरेका हुन् ।

अध्यक्ष नेपालका अनुसार ७ वटा कारणले पार्टीले स्थानीय तहको निर्वाचनमा अपेक्षित मत ल्याउन नसकेको निष्कर्षसहित छलफलका लागि प्रतिवेदन पेस गरेका छन् । जसअनुसार पहिलो गठबन्धन भई हाल्छ भने आफ्नो तयारीमा नलाग्ने, दोस्रो आफूलाई केन्द्रमा राखेर गठबन्धन गर्न चाहने अर्थात् हाम्रो संगठन जहाँ तुलनात्मक रूपमा बलियो छ, त्यहाँ लिन जोड गर्नुपर्ने, त्यस्तो नगरी व्यक्तिलाई केन्द्रमा राखेर सिट लिन चाहने कार्य स्थानीय पार्टीपंक्तिमा देखा परेको नेपालको भनाइ छ ।

यसैगरी, गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाडमछाड गर्ने, तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी पनि फिर्ता लिने, चौथो चुनावलाई जनतामाझ राजनीति पुर्‍याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्रै ठान्ने, पाँचौँ, पार्टीको टिकटबाट दिइएको उम्मेदवारी फिर्ता लिने, छैटौँ आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर हिँड्ने, सातौँ आफ्नो वास्तविक शक्ति र प्रभावको आङ्कलन नगरी मनोगत विश्लेषणका आधारमा बढी कक्षा राख्ने कार्य देखा परेको भन्दै अध्यक्ष नेपालले आगामी चुनावमा यसबाट पाठ लिनुपर्नेमा जोड गरेका छन् ।

नेकपा एसको स्थायी कमिटी बैठक जारी छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : २९ बजे

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको