बैतडीको खोड्पेमा खानेपानीको चरम अभाव « Khabarhub

बैतडीको खोड्पेमा खानेपानीको चरम अभाव


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोड्पेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।  खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन बिष्टले जानकारी दिए । 

खानेपानीको हाहाकार हुँदा यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुहरूलाई समेत समस्या हुने गरेको छ । खानेपानीको समस्या भएपछि निकै समस्या भएको होटेल व्यवसायी सन्तोष राईले बताए ।  उनले भने, “खानेपानी नभएकै कारणले चार दिनदेखि होटेलको व्यापार सुस्ता छ, यसले गर्दा निकै घाटा ब्यहोर्नुपरेको छ ।”

खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको  पाटन नगरपालिका–  ८ का वडाध्यक्ष हरिश बिष्टले बताए । 

यसैबीच खोड्पेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको  छ । पाँच दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन लागिएको हो । दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पाटन–८ का वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए। 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ३७ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले