बैतडीको खोड्पेमा खानेपानीको चरम अभाव « Khabarhub

बैतडीको खोड्पेमा खानेपानीको चरम अभाव


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोड्पेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको हाहाकार भएको हो ।  खानेपानीको आपूर्ति गर्दा आएको सिद्धेश्वर खानेपानी योजनामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको हो । लिफ्टिङ प्रणालीबाट सञ्चालन हुँदै आएको भए पनि हाल त्यस क्षेत्रको विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको खानेपानी योजनाका सचिव मोहन बिष्टले जानकारी दिए । 

खानेपानीको हाहाकार हुँदा यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुहरूलाई समेत समस्या हुने गरेको छ । खानेपानीको समस्या भएपछि निकै समस्या भएको होटेल व्यवसायी सन्तोष राईले बताए ।  उनले भने, “खानेपानी नभएकै कारणले चार दिनदेखि होटेलको व्यापार सुस्ता छ, यसले गर्दा निकै घाटा ब्यहोर्नुपरेको छ ।”

खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको  पाटन नगरपालिका–  ८ का वडाध्यक्ष हरिश बिष्टले बताए । 

यसैबीच खोड्पेमा दमकलबाट खानेपानीको आपूर्ति गर्न थालिएको  छ । पाँच दिनदेखि अवरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिन लागिएको हो । दमकलबाटै भए पनि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका पाटन–८ का वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए। 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ३७ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल