जर्मनीमा फेरि बढ्यो कोरोना, १ लाख नयाँ सङ्क्रमित फेला « Khabarhub

जर्मनीमा फेरि बढ्यो कोरोना, १ लाख नयाँ सङ्क्रमित फेला


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- जर्मनीमा फेरि पनि कोरोना भाइरसका सङ्क्रमितहरु बढ्न थालेका छन् । जर्मन स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको पाइएको छ ।

त्यहाँ मंगलबार १ लाख भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संख्या गएको अप्रिल महिनादेखि पहिलो पटक यतिधेरै सङ्क्रमित देखिएका बताइएको छ ।

जर्मनीमा गएको अप्रिल महिनामा ओमिक्रोन भेरियन्ट आएपछि दैनिक करिब १ लाख सङ्क्रमित पुग्ने गरेका थिए । त्यसपछि पछिल्ला केही हप्तामा यहाँ सङ्क्रमितहरु घट्दै गएकामा अहिले दैनिक १ लाख जति पुग्न लागेका बताइएको छ ।

जर्मन सरकारले सार्वजनिक स्थलहरुमा हुने जमघट तथा अन्य कतिपय कार्यहरुमा आगामी दिनमा के कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छलफल गरिरहेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : ४५ बजे

उपत्यका विकास प्राधिकरणले भन्यो, सूचना दिँदा पनि अटेर गरेकाले डोजर चलायौँ

काठमाडौं– काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौँका अतिक्रमित जग्गामा बनाइएका संरचना

जर्मनीले भन्यो, ‘इरान युद्ध हाम्रो होइन, हामी फस्न चाहँदैनौं’

बर्लिन– जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले इरानविरूद्धको युद्धलाई विश्व अर्थतन्त्रका

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक, बालेन्द्रलाई दलको नेता बनाइँदै

काठमाडौं– नयाँ सांसदहरूको शपथपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजै

कार्की आयोगको प्रतिवेदनलाई प्रदीप ज्ञवालीले दिए, ‘कलाविहीन नाटक’को संज्ञा

काठमाडौं– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले बहुचर्चित गौरीबहादुर कार्की नेतृत्वको