मेक्सिकोमा सुरक्षा कारवाहीमा १० बन्दुकधारी मारिए « Khabarhub

मेक्सिकोमा सुरक्षा कारवाहीमा १० बन्दुकधारी मारिए


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेक्सिकोमा सुरक्षा कारवाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको छ ।

राजधानी मेक्सिको सिटीबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको टेहकालटिट्लान नगरमा प्रहरीले गरेको कारवाहीमा १० बन्दुकधारी मारिएको अमेरिकी टेलिभिजन च्यानल एबीसीको अनलाइन संस्करणले जनाएको छ ।

सुरक्षाकर्मीको कारवाहीमा अरु ४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ ।

सो क्षेत्रमा सरकारी अधिकारीहरुले संदिग्ध अपराधीहरुलाई पक्राउका लागि पूर्जी लिएर गएको र त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सुरक्षा टोलीमाथि नै गोली चलाएको जनाइएको छ । सो क्षेत्रमा बारम्बार आपराधिक घटनाहरु हुँदै आएको बताइन्छ ।

दोहोरो गोली हानाहानमा ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारवाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ ।

अधिकारीहरुले घटनास्थलबाट २० राइफाल, पेस्तोल, गोलीगठ्ठा, सैनिक पोसाक र बुलेटप्रुफ भेष्ट बरामद गरेको एबीसीले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ४ : २२ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको