नयाँ दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि « Khabarhub

नयाँ दिल्लीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ ।

सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको हो ।

सङ्घीय राजधानीमा एकाएक सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको विवरण सार्वजनिक भएपछि धेरैको ध्यान खिचिएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार पछिल्लो एक दिनमा एक हजार ११८ जना सङ्क्रमित थपिएका छन् । जबकी अघिल्लो दिन ६१४ जना मात्रै सङ्क्रमित भएका थिए ।

पछिल्लो एक दिनमा ५०० सङ्क्रमित निको भएका छन् । भारतमा अहिले देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार ५४८ रहेका छन् । भारतमा अहिले फेरि दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ०० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार