गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख « Khabarhub

गण्डकीको बजेट ३५ अर्ब ९० करोड ९० लाख


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो ।

यसमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात् ३५.९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात् ६१.६६ प्रतिशत विनियोजन भएको छ । वित्तीय व्यवस्था तर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत विनियोजन भएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए । सरकारले आगामी वर्ष स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा २ अर्ब ११ करोड १० लाख दिनेछ भने १ करोड ८८ लाख सञ्चित कोषमा व्ययभार हुने अनुमान छ ।

बजेटमध्ये सबैभन्दा धेरै नेपाल सरकारको अनुदानमा निर्भर छ । नेपाल सरकारबाट वित्तीय समानीकरण ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानमा ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक ८३ करोड ७० लाख र विशेष अनुदानमा ८६ करोड पाउने अनुमान सरकारले गरेको छ ।

यस्तै, ५ अर्ब ९ करोड आन्तरिक आम्दानी हुने तथा रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख पाउने अनुमान छ । यो वर्ष खर्च गरेर २ अर्ब ७१ करोड रुपैयाँ बाँकी रहने अनुमान छ भने नपुग हुने २ अर्ब रकममध्ये १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिने बरालले बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ५ : ४१ बजे

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज