मतपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध : प्रजिअ प्रसाईँले | Khabarhub Khabarhub

मतपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध : प्रजिअ प्रसाईँले


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले निर्वाचनमा मटपेटिका खोस्न खोज्नु राज्यमाथिको अपराध भएको बताएकी छिन् । उनले असार १ गते सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जुम्ला जिल्लामा संकलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा यस्तो बताएकी हुन् ।

मतपेटिका खोसेर नागरिकको मताधिकार खोस्न खोजिएको भए पननि असफल भएको उनले बताइन् । ‘तिला गाउँपालिका ५ कालिका मावि मतदान स्थलमा यस्तो कार्य गर्न जोखिएको थियो । तर त्यो कार्य गर्न खोज्ने व्यक्तिहरु असफल भए । राजनीतिक दलहरुका कार्यकर्ताले नै यस्तो गर्न खोजिएको हाम्रो ठम्याई छ । हामीले नोटिस गरेका छौँ ’ प्रजिअ प्रसाईँले भनिन् ।त्यस्ता घटनालाई राजनीतिक दलहरुले निरुत्साहित गर्नु पर्ने उनले बताइन् ।

इन्सेकले सङ्कलन गरेर अभिलेख गरेका घटनाहरू प्रति सकारात्मक धारणा राख्दै प्रजिअ प्रसाइले तथ्यमा आधारित भएर घटना सङ्कलन गर्न सुझाइन् ।  यो वर्ष स्थानीय तहको निर्वाचनका कारण धेरै जसो राजनीतिक दलसँग सम्बन्धित घटना देखिएको प्रजिअ प्रसाईँले बताइन् । निर्वाचन सम्पन्न गर्नू हरेक नागरिक राजनीतिक दलहरूको पनि जिम्मेवारी र कर्तव्य हो । हामी सबै मानव अधिकार रक्षक हौँ । सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पुरा गरेमा मानव अधिकार उल्लङ्घनका घटनाहरू कम हुँदै जाने प्रजिअ प्रसाईँको भनाई छ । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७८ पुस १७ गतेदेखि ०७९ जेठ ३१ गतेसम्म करिव ६ महिनामा सङ्कलन गरिएका ११ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो ।

जसमा नागरिक तथा राजनीतिक अधिकारसँग सम्बन्धित चार ओटा, महिला अधिकार सम्बन्धि बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका पाँच ओटा, हत्याका एक ओटा र घरेलु हिंसाका एक ओटा घटना प्रस्तुत गरिएको थियो ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष पूर्णलाल खत्रीले निर्वाचनमा अराजक गतिविधि राजनीतिक दलहरुका नेता कार्यकर्ता हुने गरेको बताए । उनले भने यस पटकको स्थानीय तहको निर्वाचनमा वारेसनामा मत धेरै खसेका छन् । त्यो पनि नागरिकको मताधिकार उल्लघंन हो । यस्ता घटनालाई निरुत्साहित गर्नुपर्ने देखिएको छ ।

जिल्ला सरकारी वकिल रेनुका राईका अनुसार कम मुद्दा मात्रै न्यायलयमा आउने गरेका छन् । धेरै जसो मुद्दा तथा घटना अझै पनि गाउँघरमै मिलापत्र गर्ने गरेको पाइन्छ । न्यायलयसम्म पुगेका घटना पनि पीडित नै दवाव र प्रभावमा परेर बयान फर्नेदेखि मुद्दा कमजोर बनाउने र मिलापत्र गर्न खोज्ने देखिएको उनले बताइन् । जिल्ला अदालत जुम्लाका निमित्त श्रेस्तेदार अस्टप्रसाद अधिकारका न्यायलय तथा अदालतमा पुगेका घटना पीडितलाई छिटोछरितो न्याय दिन कानुनले नै निर्देशित गरेको हुन्छ । यसले गर्दा हप्ता दश दिनमै पेशी तोक्ने गरिएको छ । 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ४६ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं