सुडानको डार्फरमा भएको हिंसामा परी १ सय ४५ जनाको मृत्यु | Khabarhub Khabarhub

सुडानको डार्फरमा भएको हिंसामा परी १ सय ४५ जनाको मृत्यु


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वर्षौँको युद्धले क्षतविक्षत पूर्वी अफ्रिकी राष्ट्र सुडानमा पछिल्लो समयमा भएका आदिवासी हिंसामा एक सय ४५ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

मानवीय मामिला समन्वयसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए) ले यो महिना भएका झडपमा कम्तिमा एक सय ४५ जनाको मृत्यु भएको र एकसय ८० जना घाइते भएका जनाएको हो । हालैका वर्षमा सबैभन्दा घातक हिंसा पश्चिमी डार्फर र दक्षिण कोर्दोफान प्रान्तमा बढिरहेका छन् ।

सुडानमा निरङ्कुश शासक ओमार अल–बसिरलाई सन् २०१९ मा सेनाले पदच्युत गरेपछि देशमा लोकतान्त्रिक शासनको बहाली हुने अपेक्षा गरिएको थियो । अझै त्यसो हुन नसकेको विपक्षीहरुले आलोचना गर्दै आएका छन् । गत साता पश्चिम डार्फरको कुलबस शहरमा अरब र अफ्रिकी जनजातिबीच जग्गा विवादलाई लिएर हिंसात्मक मुठभेड भएका थिए ।

स्थानीय अरब लडाकुहरुले धेरै गाउँमा घातक आक्रमण गरेको जनाइएको छ । साताभर भएका दोहोरो झडपमा गिमिर जनजातिका १०१ र अरब रिजेगट जनजातिका २५ जनासहित कुल १२६ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस क्रममा एकसय ३० जनाभन्दा बढी गैर–अरब जनजाति घाइते भएका थिए ।

ओसीएचएले सो क्षेत्रमा भएको हिंसामा परी कम्तिमा ५०,००० सर्वसाधारणले आफ्नो घर छोडेर भाग्न बाध्य भएका बताएको छ । यो महिनाको शुरुमा दक्षिण कोर्दाेफानमा छुट्टाछुट्टै भएका जनजाति झडपमा कम्तिमा १९ जनाको मृत्यु भएको र अन्य ५४ जना घाइते भएका थिए ।

अबु जुबाह शहरमा तीन दिनसम्म चलेको हिंसामा तीनपाङ्ग्रे सवारी साधनको लुटपाट बढेको र आगजनीपछि १५ हजारभन्दा बढी विस्थापित भएका जनाउँदै ओसीएचएले उक्त क्षेत्रमा सेना तैनाथ गर्नुपरेको बताएको छ । सैनिक परिचालन र निषेधाज्ञा जारी हुँदासमेत स्थिति तनावपूर्ण रहेको जनाइएको छ ।

गत हप्ताको युद्ध दुई दशकको द्वन्द्वले ध्वस्त पारेको पश्चिमी सुडानको विशाल क्षेत्र डार्फरमा आदिवासी हिंसाको पछिल्लो मुठभेड हो । पछिल्लो हिंसाले यस क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ र अफ्रिकी सङ्घको संयुक्त शान्ति सेना परिचालन नगर्ने निर्णयमाथि प्रश्न उठाएको छ ।

जातीय अफ्रिकीहरूमाथि सरकारले भेदभाव गरेको आरोप लगाउँदै राजधानी खार्तुमबाट सन् २००३ मा सुरु भएको डार्फर द्वन्द्वले उग्ररूप लिएपछि सैन्य विद्रोहबाट अल बसिरलाई सन् २०१९ मा सत्ताच्युत गरियो । खार्तुमको जेलमा रहेका उनलाई एक दशकअघि अन्तर्राष्ट्रिय फौजदारी अदालतले डार्फरमा भएको नरसंहार र मानवताविरुद्धको अपराधको अभियोग लगाएको थियो ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : १८ बजे

जेलमा रहेका दीपक मनाङेको सांसद पद पनि खारेज

काठमाडौं– गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) सांसद पदबाट

हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

बारा– कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको

विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

काठमाडौं– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित

प्रभासको फिल्म ‘द राजा साब’को टिजरले पायो चर्चा, दर्शकबाट मिश्रित प्रतिक्रिया

काठमाडौं – दक्षिण भारतीय नायक प्रभासको आगामी फिल्म ‘द राजा