जिसस दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट दायर « Khabarhub

जिसस दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्चमा रिट दायर


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः निर्वाचनको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपाली काँग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलवार रिट दायर गरेकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख लगाएतका विरुद्ध परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक बिना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाएको छ ।

दैलेखको आठबीस नगरपालिका–७ को वडासदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकिर गरिएको छ । ‘नेपाली काँग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाउँ भनि दिएको निवेदन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको रिटमा उल्लेख छ ।

‘स्वतन्त्र उम्मेदवारी दिई जिसस प्रमुखमा निर्वाचित शाहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बैशाख २३ गते दर्ता गराएको मनोनयन पत्र, अन्तिम निर्वाचन मत परिणाम र समन्वय प्रमुखलाई भएको सपथग्रहण लगाएत सबै गैरकानूनी कार्यलाई उत्प्रेरक आदेशले बदर गरी जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानून बमोजिम निर्वाचन गराउन परमादेश जारी पाउँ,’ रिटमा भनिएको छ ।

गत जेठ २६ गते भएको जिल्ला समन्वय समिति दैलेखको निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरेका थिए । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत प्राप्त गरेकी थिइन् ।

स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही नेपाली काँग्रेस दैलेखका उपसभापति हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि काँग्रेसले साधारण सदस्य समेत नरहने गरी उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।

उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका छन् । उनले ११ मत प्राप्त गरेर विजयी भएका छन् । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेकी थिइन् ।

समन्वय समितिको सदस्यहरुमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का पुर्णा विक, नेकपा माओवादी केन्द्रकी तुल्छा विक, फत्तबहादुर डांगी, नेपाली काँग्रेसका अङ्गबहादुर शाही र स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही निर्वाचित भएका थिए । जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुले पद तथा गोपनीयताको सपथग्रहणपछि मंगलवार पदभारग्रहण समेत गरिसकेको छन् ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ११ : ३३ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले