३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ? | Khabarhub Khabarhub

३० वर्ष नाघेका जापानी पुरुष र महिला किन विवाह गर्न चाहँदैनन् ?


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– सरकारी सर्वेक्षणअनुसार जापानमा ३० वर्ष नाघेका चारमध्ये एकजनाले आर्थिक बोझ, स्वतन्त्रता गुम्ने र घरको कामसँग सम्बन्धित समस्याका कारण विवाह गर्न चाहँदैनन्।

सर्वेक्षणले गत वर्ष जापानमा विवाहको संख्या ५ लाख १४ हजारमा झरेको देखाएको छ, जुन सन् १९४० को दशकमा दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा कम हो ।

दोस्रो विश्वयुद्धपछि जापानमा बेबी बूम भएको थियो यद्यपि, यो १९४७ देखि १९४९ सम्म मात्र दुई वर्षसम्म चलेको थियो । दोस्रो बेबी बूम सन् १९७१ देखि १९७४ सम्म चलेको थियो, यद्यपि जापानको जनसंख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

सन् २०१९ मा देशको जनसंख्या २ लाख ७६ हजारले घटेको एक प्रतिवेदनले जनाएको छ । सरकारले २० र ६० वर्ष उमेर समूहका २० हजार व्यक्तिको नमूना प्रतिक्रियापछि यो अध्ययन गरेको हो ।

५४ प्रतिशत पुरुष र ६२ प्रतिशत महिलाले ३० वर्षको उमेरमा विवाह गरेको सर्वेक्षणले देखाएको छ । यी निष्कर्षहरू लैंगिक समानतासम्बन्धी सरकारको श्वेतपत्रको अंश हुन् ।

पुरुषभन्दा बढी महिलाले घरको काम, बाल हेरचाहमा संलग्न हुन नचाहनु र समग्रमा आफ्नो स्वतन्त्रता गुमाउन नचाहेका कारण उनीहरू बैबाहिक बन्धनमा गाँसिन नचाहेको प्राप्त विवरणहरूमा जनाइएको छ । पुरुषहरूले आर्थिक क्षमताको अभाव र जागिरको असुरक्षा नै विवाह नगर्नुको प्रमुख कारण रहेको बताए ।

जापानले धेरै वर्षदेखि वृद्धावस्थासँग लडिरहेको छ । राष्ट्रसंघको एक प्रतिवेदनअनुसार जापान विश्वमै सबैभन्दा बढी वृद्ध बद्धा जनसंख्या भएको देश हो । सन् २०५० सम्म यो अग्रता कायम रहनेछ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ७ : ४१ बजे

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई