एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड | Khabarhub Khabarhub

एसपीपी सम्झौता ओली सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्वयनमा आएको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यान्वयनमा ल्याएको दाबी उनले गरे ।

‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले  म कुनै पनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिबद्धता जनाउनु भएको छ ।

कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैले बुझ्न जरुरी छ,’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले भने ।

अहिले एसपीपी हुँदैछ रे भनी हल्ला फिँजाइएको उनले बताए । उनले अमेरिकासँग एसपीपी सम्झौता नहुने दाबी समेत गरे ।

‘हिजोआज एउटा प्रश्न– एसपीपी हुँदैछ रे, ल सैनिक सम्झौता हुँदैछ रे, भइनै सक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ, जुन बिलकुल झुटो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको हाम्रो छलफलमा त्यस्तो कुनै सम्झौता नभएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।

एसपीपी सम्झौता गर्न गठबन्धन नलाग्ने ठोकुवा अध्यक्ष प्रचण्डले गरे । उनले थप स्पष्ट पारे, ‘हामी नेपालको राष्ट्रियता, स्वाधीनता, विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौँ ।’

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ०५ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको