निहारिकालाई न्याय दिलाउन माग « Khabarhub

निहारिकालाई न्याय दिलाउन माग


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौँतारिएको जनाउँदै उनीको माग सम्बोधन गर्न सरकारको ध्यान जाओस् ।

सांसद बिमला घिमिरेले बलात्कार पीडित भनिएकी युवती नेहारिका न्यायका लागि आफ्ना  बालक सहित राजधानीमा अनसन बस्दा पनि उनीको माग सुनुवाइ नहुनु दुःखद भएको जनाउँदै सो घटनाका विषयमा छानबिन गर्न समिति गठन माग गरे।

सांसद तुलसाकुमारी दाहालले मानवीय सेवामा तल्लीन रेडक्रस सोसाइटीलाई सरकारले हस्तक्षेप गर्न नहुने बताए। सांसद भगवती न्यौपानेले चितवनमा हात्तीले आतङ्क मच्चाएको तर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद मायाप्रसाद शर्माले  रोपाइँ गर्ने  समयमा किसानले किन रासायनिक मल पाएनन् भनी प्रश्न गरे। सांसद सारदादेबी भट्टले वर्षा सुरु भएपछि बाढी पहिरोले धनजनको क्षति पुर्‍याउन सुरु भएकाले यसको न्यूनीकरणका लागि समयमै सरकारको ध्यान जाओस् बताइन्।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ३ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्