केपी ओली प्रधानमन्त्री भएको बेला नै नेपालले एसपीपी सम्झौताका लागि अनुरोध गरेको खुलासा (पत्रसहित) | Khabarhub Khabarhub

केपी ओली प्रधानमन्त्री भएको बेला नै नेपालले एसपीपी सम्झौताका लागि अनुरोध गरेको खुलासा (पत्रसहित)


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला नै नेपालले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको खुलासा भएको छ । ओली नेतृत्वको सरकारले नेपाली सेनाका माध्यमबाट अमेरिकासँग एसपीपीमा सम्झौताको माग गर्दै पत्राचार गरेको पाइएको हो ।

२७ अक्टोबर २०१५ को मितिमा लेखिएको पत्रमा नेपालस्थित तत्कालीन अमेरिकी राजदूत आलाइना बी टेप्लिजलाई पत्र लेख्दै निकट भविष्यमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोगाम स्थापना गर्नका लगि औपचारिक आग्रह गर्नु गौरवको विषय रहेको उल्लेख छ ।

त्यस्तै, यसले दुई मुलुकबीच दीर्घकालीन, दिगो र द्वपक्षीय सुरक्षा हितलाई बढाउने उल्लेख छ । यसले सैन्य कौशल, अनुभव एवम् रक्षा सम्बन्धी ज्ञानको आदानप्रदान गर्ने समेत पत्रमा उल्लेख गरिएको छ ।

नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई बोधार्थ गरिएको पत्रमा यसले दुई मुलुकबीच, विपद् व्यवस्थापन, पूर्वतयारी, हवाइ बन्दोबस्ती, संवेदनशील पूर्वाधार र प्रकृतिक स्रोतको सुक्षामा पनि हित गर्ने जनाइएको छ ।

ओली वि.सं. २०७२ असोज २४ गते अर्थात् ११ अक्टोबर २०१५ मा पहलो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसको भोलिपल्ट उनले पद तथा गोपनीयताको सपथ लिँदै प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।

पत्र पठाएको मिति कार्तिक १० गतेसम्म पनि रक्षामन्त्री नियुक्त नभएका कारण त्यसबेला पनि रक्षा मन्त्रालयको जिम्मेवारी पनि ओलीसँगै रहेको थियो ।

एसपीपीबारे अमेरिकालाई पत्राचार गर्ने समयमा नेपाली सेनामा प्रधानसेनापतिको जिम्मेवारीमा राजेन्द्र क्षेत्री रहेका थिए ।

यसअघि सेनाले अमेरिका सरकार वा सेनासँग कुनै पनि सम्झौता नगरेको र त्यसका लागि कुनै पनि प्रक्रिया नथालिएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ५ : ५५ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको