सिराहामा २७ केजी गाँजा बरामद, तस्कर भने फरार | Khabarhub Khabarhub

सिराहामा २७ केजी गाँजा बरामद, तस्कर भने फरार


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिका ८ बाट वितेराती ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो ।

गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा घटना अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा असरपर्ने भन्दै मोटरसाइकल नम्बर भने प्रहरीले खुलाउन चाहेनन् ।

नेपालभन्दा बढी भारतीय बजारमा गाँजाको माग बढिहुने र आमदानी पनि बढिहुने भएकोले भारतीय बजारमा बिक्रीको लागि हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले बेलाबेला गाँजा खेती नष्ट गरेता पनि यस क्षेत्रमा व्यापक गाँजा खेती हुने गरेको स्थानीयहरू बताउँछन् । यसअघि पनि उदयपुरको विभिन्न स्थानबाट जम्मा गरेको गाँजा सिराहाको विभिन्न स्थानबाट भारत जाने गरेको बताइन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : ४३ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन