सिराहामा २७ केजी गाँजा बरामद, तस्कर भने फरार « Khabarhub

सिराहामा २७ केजी गाँजा बरामद, तस्कर भने फरार


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुखिपुर नगरपालिका ८ बाट वितेराती ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो ।

गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा घटना अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा असरपर्ने भन्दै मोटरसाइकल नम्बर भने प्रहरीले खुलाउन चाहेनन् ।

नेपालभन्दा बढी भारतीय बजारमा गाँजाको माग बढिहुने र आमदानी पनि बढिहुने भएकोले भारतीय बजारमा बिक्रीको लागि हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले बेलाबेला गाँजा खेती नष्ट गरेता पनि यस क्षेत्रमा व्यापक गाँजा खेती हुने गरेको स्थानीयहरू बताउँछन् । यसअघि पनि उदयपुरको विभिन्न स्थानबाट जम्मा गरेको गाँजा सिराहाको विभिन्न स्थानबाट भारत जाने गरेको बताइन्छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : ४३ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको