‘चेम्बर एक्स्पो २०२२’ भृकुटीमण्डपमा शुरु « Khabarhub

‘चेम्बर एक्स्पो २०२२’ भृकुटीमण्डपमा शुरु


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा आज शुरु भएको छ ।

पाँचौ संस्करणको चेम्बर एक्स्पोको प्रधानमन्त्री शेरबहादुर देउवाले आज उद्घाटन गरे । पाँचौं संस्करणको चेम्बर एक्स्पोको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती भएको धारणा राखे ।

स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न पनि प्रधानमन्त्री देउवाले आग्रह गरे ।

‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य विना सम्भवन हुँदैन,’ उनले भने, ‘निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न तत्पर छ ।’

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको प्रर्दशनीले स्वदेशी उत्पादनको प्रवर्धनमा सहयोग पुर्‍याउने प्रधानमन्त्री देउवाले बताए । एउटै प्रर्दशनीमा धेरै किसिमका वस्तुहरु अवलोकन तथा खरिद बिक्री गर्न पाईने भएकाले उपभोक्ता तथा अवलोकनकर्तालाई प्रत्यक्ष फाइदा पुग्ने देउवाको भनाइ छ ।

मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रवर्धनका लागि सरकारले निजी क्षेत्रसँग सधै हातेमालो गरेर अघि बढ्न चाहेको प्रधानमन्त्री देउवाले प्रतिवद्धता जनाए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितीका बीच चेम्बर एक्स्पो गरिएको बताए । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

सन् २०१५ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको चेम्बर एक्स्पो कोभिड १९ महामारीका कारणले पछिल्ला केही वर्ष स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘एक्स्पोलाई चेम्बरले अबदेखि नियमित वार्षिक कार्यक्रमका रुपमा निरन्तरता दिने पनि निवेदन गर्दछु ।’

मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य वस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरी १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।

 

 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ११ : ४६ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको