सलारमा दुई प्रभास « Khabarhub

सलारमा दुई प्रभास


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता प्रभास हालका दिनमा फिल्म  ‘केजीएफ : च्याप्टर २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म  ‘सालार’ को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतीक्षामा छन् । किनकी यो फिल्ममार्फत नै ‘केजीएफ : च्याप्टर ३’ को कथा अगाडि बढ्ने छ । निर्देशक प्रशान्तले केजीएफ, सलारलाई जोडेर एक सिनेम्याटिक युनिभर्स निर्माण गरिरहेका छन् । 

हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ । फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’ मा पनि प्रभासलाई एक भागमा पिता अमरेन्द्र बाहुबली र दोस्रो भागमा छोरा महेन्द्र बाहुबलीको भूमिकामा देखाइएको थियो । डार्क एक्सन थ्रिलर फिल्म ‘सलार’ मा प्रभासको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । फिल्ममा उनले प्रभासकी प्रेमिका रुचिको भूमिका निभाउनेछिन् ।

२ सय करोड बजेट लाग्ने अनुमान गरिएको फिल्ममा एक्सन दृश्यकै लागि ४० करोड थपिएको छ ।बलिउड लाइफले केजीएफ : च्याप्टर २ भन्दा बढी एक्सनमा भव्यता देखाउनु पर्ने भएकाले ४० करोड थपिएको बताएको छ । केजीएफ सिरिज पश्चात प्रशान्त र प्रभासको टिमअप भएकाले पनि ‘सलार’ प्रतीक्षित बनिरहेको छ । फिल्ममा देखाइएको प्रभासको लुक्सलाई दर्शकले रुचाएका छन् । यसका साथै केजीएफ पश्चात दर्शक पनि उत्साहित छन् । ‘सलार’ पश्चात केजीएफको तेस्रो च्याप्टरको काम अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।  

केजीएफ : च्याप्टर २’ मा देखिएको फरमानको क्यारेक्टर नै सलारमा प्रभास हुने अनुमान समेत फ्यानले लगाएका छन् ।  ‘सलार’ को सार्वजनिक प्रचारप्रसारमा प्रभासले लगाएको ताबिज र फरमानले लगाएको ताबिज उस्तै देखिनुलाई फिल्म आपसमा जोडिएको भनेर दर्शकले सामाजिक सञ्जालमा अनुमान गरिरहेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ३ : ३१ बजे

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर

फिल्म क्यालेन्डरको वैशाख–जेठ : बक्स अफिसमा खै हिरो ? हिट फिल्म मात्रै एक !

काठमाडौं – त्यसै पनि मेकरहरू जेठ, असार र साउनलाई फिल्म

चम्पादेवीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – अख्तियार दुरूपयोग आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाको तत्कालीन निमित्त

जुनमा अस्ट्रियामा अहिलेसम्मकै लामो गर्मीको लहर

भियना – युरोपभर प्रभाव पारेको पछिल्लो गर्मीको लहर अस्ट्रियामा जुन

देउवालाई संकट पर्दा साथ दिनेहरू नै अहिले विपक्षमा

काठमाडौं- पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले नेपाली कांग्रेस इतर पक्षको लुम्बिनी प्रदेशस्तरीय