देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला « Khabarhub

देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवा, रुकुम (पूर्व), तेह्रथुम, नवलपरासी (पश्चिम) र सर्लाहीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।    

रसुवाको गोसाईकुण्ड गाउँपालिका–१ थुमन बस्ने ४६ वर्षीया वाङमु तामाङ सोही ठाउँस्थित उत्तिसघारी जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ५/७ दिनदेखि घरबाट हराएकी उनको खोजी गर्ने क्रममा  उक्त स्थानमा शव फेला परेको हो । 

रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका–१४ त्रिवेणी- खोला किनारमा सोही गाउँपालिका–१२ घर भएका ५५ वर्षीय जय बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँ जाने बाटोको जंगलमा सोही ठाउँ बस्ने ३१ वर्षीया तारा भुल शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । विगत ६/७ दिनदेखि हराई बेपत्ता भएकी ताराको उक्त जंगलमा शव फेला परेको हो । 

नवलपरासी ९पश्चिम०को सुस्ता गाउँपालिका–२ फेनहरा बस्ने ६७ वर्षीय राधे चमार प्रतापपुर गाउँपालिका–७ सूर्यापुरास्थित गण्डक नहर सूर्यापुरा पावर हाउसको जालीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको हरिवन नगरपालिका–१० ताईवान टोलस्थित सडक छेउमा हाल पहिचान नखुलेका सोही ठाउँमा मागी खाई हिँड्ने करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

घटनाहरूको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : २९ बजे

विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ

भक्तपुर – नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक

निर्वाचनमार्फत संविधानको रक्षा गरौँः पूर्वमन्त्री भुसाल

ललितपुर – पूर्वमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–