‘असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिन्छ’ : बेलायती गृह मन्त्रालय « Khabarhub

‘असान्जलाई अमेरिका सुपुर्दगी गर्न सकिन्छ’ : बेलायती गृह मन्त्रालय


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोप्य दस्तावेजहरु सार्वजनिक गरेर ख्याती कमाएको ‘विकिलिक्स’ वेबसाइटका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायती गृहमन्त्री प्रिती पटेलले स्वीकृति दिएकी छिन् ।

बेलायती गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले उनलाई अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको जनाएको हो ।

बीबीसीका अनुसार अमेरिकामा उनको मानव अधिकार सुरक्षित हुने देखिएको एवम् उनलाई त्यहाँ उचित व्यवहार गरिने समेत गृह मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियन नागरिक असान्जले स्थापना गरेको विकिलिक्स नामक वेबसाइटले सन् २०१० र २०११ मा इराक तथा अफगानिस्तानमा जारी युद्धबारे गोप्य दस्तावेजहरु सार्वजनिक गरेर ख्याती कमाएको थियो ।

त्यस्तै, सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरुद्वारा प्रेसित गोप्य इमेल सार्वजनिक गरेर पुनः चर्चामा आएको थियो ।

आलोचकहरुले डेमोक्र्याटिक पार्टीका गोप्य इमेल सार्वजनिक गरेर विकिलिक्सले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन सघाएको आरोप लगाउँदै आएका छन् ।

अमेरिकामा उनलाई जासुसीको अभियोग लागेको छ । अमेरिकातर्फ सुपुर्दगीबाट बच्न उनी लामो समयसम्म लण्डनस्थित ल्याटिन अमेरिकी मुलुक इक्वेडोरको दूतावासमा शरण लिएर बसेका थिए ।

सन् २०१९ मा उनलाई पक्राउ गरी बेलायतमा तारेखमा उपस्थित नभएको अभियोगमा दोषी ठहर गर्दै जेल चलान गरिएको छ । हाल उनी बेलमार्श जेलमा कैद छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ५ : ३५ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित