राइनासका महिलालाई सिपमूलक तालिमसँगै प्रविधि हस्तान्तरण « Khabarhub

राइनासका महिलालाई सिपमूलक तालिमसँगै प्रविधि हस्तान्तरण


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- राइनास नगरपालिका वडा नम्बर ३ का महिलाहरूले सिलाई कटाई सम्बन्धी सिपसँगै अनुदानमा प्रविधि समेत पाएका छन् ।

राइनास नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नम्बर ३ का १२ जना महिलाहरूलाई सिलाई कटाई तालिमसँग सिलाई मेसिन प्रदान गरेको हो ।

एक महिना सम्म सञ्चालन भएको उक्त तालिमको समापनका अवसरमा तालिम लिएका महिलाहरूलाई ५० प्रतिशत अनुदानमा सिलाई मेसिन हस्तान्तरण गरिएको हो ।

सिप सिकेर व्यवसाय गर्न चाहने तथा आयआर्जनमा जोडिन चाहने महिलाहरूलाई सिपमूलक तालिम प्रदान गरिएको राइनास नगरपालिकाका मेड्पा कार्यक्रम संयोजक राधिका पन्तले बताइन् ।

तालिम पश्चात् १३ हजार ४ सय पर्ने सिलाई मेसिन महिलाहरूलाई ५० प्रतिशत अनुदानमा प्रदान गरिएको हो । यसवर्ष नगरपालिकाको वडा नं. ३, ४ र ७ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रम अन्तर्गत सिलाई बुनाई, मुढा बनाउने, डलकुसन बनाउने, हाउस वाइरिङ र ब्याग बनाउने तालिम सञ्चालन गरिएको हो ।

८० जना उद्यमी सृजना गर्ने लक्ष्यका साथ सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत सिपमूलक तालिमका लागि ८ लाख र प्रविधि हस्तान्तरणका लागि साँढे तिन लाख बजेट आएको मेड्पा कार्यक्रम संयोजक पन्तले बताइन्।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १२ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री