कमल हसनको स्टारडम प्रस्ट्याउने 'विक्रम'  | Khabarhub Khabarhub

कमल हसनको स्टारडम प्रस्ट्याउने ‘विक्रम’ 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिण भारतीय सुपरस्टार कमल हासनले आफ्नो स्टारडम हालै रिलिज फिल्म ‘विक्रम’ को सफलताबाट प्रमाणित गरिसकेका छन्। लोकेश कनगराजको निर्देशनमा बनेको यो फिल्मले विश्वव्यापी रुपमा ३ सय करोड बढी कमाएको छ। कमल फिल्मको सफलताले खुशी छन्। उनले यो फिल्म आफ्नो प्रोडक्सन कम्पनी राज कमल फिल्मस इन्टरनेसनलको ब्यानरमा निर्माण गरेका हुन्। फिल्मले दिनानुदिन सफलता पाइरहँदा सफलताबाट प्राप्त पैसा कमलले के गर्छन् भन्ने जनचासो बढ्दो छ। यही विषयमा उनले मुख खोलेका छन्।

‘म आफ्नो ऋण तिर्नेछु । म मन भरेर खान्छु र आफ्ना परिवार तथा साथीहरुलाई जे दिनसक्छु त्यो दिन्छु। यति गर्दा मेरो सबै पैसा सकियो भने म भन्नेछु कि अब मसँग केही छैन। अब मलाई दोस्रो व्यक्तिलाई सहयोग गर्न तेस्रो व्यक्तिबाट सहयोगको आश गर्नु छैन। मलाई कुनै विशेष उपनाम पनि चाहिएन। मेरो इच्छा भनेकै मान्छे बन्नु हो’, कमलले भनेका छन्।

फिल्म ‘विक्रम’ सन् १९८६ मा रिलिज फिल्म ‘विक्रम’ को सिक्वेल हो। यो फिल्ममा कमलले एजेन्ट विक्रमको भूमिका निभाएका थिए। यो फिल्मको सफलतापछि कमलले तेस्रो सिक्वेलको तयारी गर्दैछन्। फिल्ममा विजय सेतुपति, फहद फासिलसूर्याको पनि अभिनय छ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : १० बजे

व्यवसायीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।