हङ्कङकी प्रमुख कार्यकारीले माफी मागिन् | Khabarhub Khabarhub

हङ्कङकी प्रमुख कार्यकारीले माफी मागिन्


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ– विवादास्पद सुपुर्दगी विधेयकको प्रक्रिया अनिश्चितकालसम्मका लागि स्थगित गर्ने घोषणाका बावजुद दशौं हजारले प्रदर्शनलाई निरन्तरता दिएपछि हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले माफी मागेकी छिन् ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै हङ्कङ सरकारले जारी गरेको विज्ञप्तिमा यो साता भएको प्रदर्शनमा भएको झडपको जिम्मा सरकारले लिने जनाइएको छ । त्यस्तै, प्रदर्शनकारीमाथि भएको ज्यादतीको पनि आत्मालोचना समेत गरिएको छ । यद्यपि प्रदर्शनकारीको मागबमोजिम लामले राजीनामा दिने वा उक्त विधेयक फिर्ता लिने विषयमा भने केही उल्लेख गरिएको छैन ।

हङ्कङमा उक्त विधेयकको विरोधमा यो साता भएको प्रदर्शनमा ७० जना घाइते भएका थिए ।

उक्त सुपुर्दगी कानूनले हङ्कङका जनताको स्वायत्तता तथा मानवअधिकारलाई खतरामा पार्ने भन्दै हङ्कङमा विशाल प्रदर्शनको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ३८ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ