हङ्कङकी प्रमुख कार्यकारीले माफी मागिन् « Khabarhub

हङ्कङकी प्रमुख कार्यकारीले माफी मागिन्


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ– विवादास्पद सुपुर्दगी विधेयकको प्रक्रिया अनिश्चितकालसम्मका लागि स्थगित गर्ने घोषणाका बावजुद दशौं हजारले प्रदर्शनलाई निरन्तरता दिएपछि हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले माफी मागेकी छिन् ।

प्रदर्शनकारीलाई सम्बोधन गर्दै हङ्कङ सरकारले जारी गरेको विज्ञप्तिमा यो साता भएको प्रदर्शनमा भएको झडपको जिम्मा सरकारले लिने जनाइएको छ । त्यस्तै, प्रदर्शनकारीमाथि भएको ज्यादतीको पनि आत्मालोचना समेत गरिएको छ । यद्यपि प्रदर्शनकारीको मागबमोजिम लामले राजीनामा दिने वा उक्त विधेयक फिर्ता लिने विषयमा भने केही उल्लेख गरिएको छैन ।

हङ्कङमा उक्त विधेयकको विरोधमा यो साता भएको प्रदर्शनमा ७० जना घाइते भएका थिए ।

उक्त सुपुर्दगी कानूनले हङ्कङका जनताको स्वायत्तता तथा मानवअधिकारलाई खतरामा पार्ने भन्दै हङ्कङमा विशाल प्रदर्शनको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ९ : ३८ बजे

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३