अर्काको ट्रायल दिने क्रममा पक्राउ « Khabarhub

अर्काको ट्रायल दिने क्रममा पक्राउ


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)का लागि अर्काको परीक्षा दिने एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अर्काको नाममा ट्रायल दिँदै गरेका सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १० का २५ वर्षीय सुजित खड्का पक्राउ परेका हुन्।

आवेदक डोलकुमार थापाको नामबाट परीक्षा दिने क्रममा उनी पक्राउ परेका हुन्। थापाको नागरिकतामा आफ्नो फोटो टाँसेर ट्रायल दिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था कार्यालय चावहिलबाट असार २ गते सञ्चालित प्रयोगात्मक परीक्षामा उनी सहभागी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ११ : २७ बजे

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्