मापदण्ड विपरीत सञ्चालित स्विमिङ पुलको सेवा बन्द « Khabarhub

मापदण्ड विपरीत सञ्चालित स्विमिङ पुलको सेवा बन्द


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – जिल्ला प्रहरी कार्यालय भैरहवाले पौवा होटेलको स्विमिङ पुलको सेवा बन्द गरेको छ ।

शुक्रबार पौवा होटलस्थित स्विमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएपछि प्रशासनले मापदण्डहीन स्विमिङ पुल सञ्चालनमा रोक लगाएको हो ।

स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका थिए। होटेलबाट कुनै पनि प्रकारको सुरक्षाको काम नभएको भन्दै आक्रोशित परिवारले यस्ता घटना दोहोरिन नदिन सबै स्विमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा ल्याउनु पर्ने माग गरेका छन् ।

मृतकको शव हाल भैरहवास्थित भीम अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । परिवार होटेल सञ्चालक र प्रहरीबीच छलफल जारी छ।

दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवाको डुबेर मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ०० बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण