अफगानिस्तानमा गुरुद्वारा नजिक दुई शक्तिशाली बिस्फोट  « Khabarhub

अफगानिस्तानमा गुरुद्वारा नजिक दुई शक्तिशाली बिस्फोट 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको राजधानी काबुलमा शनिबार बिहान दुई वटा शक्तिशाली बिस्फोट  भएका छन् । बिस्फोट गुरुद्वारा नजिकै भएको थियो ।

काबुलको कार्ते परवान क्षेत्रमा रहेको गुरुद्वारा नजिकैको व्यस्त सडकमा विस्फोट भएको हो । यो क्षेत्र घना जनसङ्ख्या भएको र धेरै मानिसको मृत्यु हुने आशङ्का गरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उक्त क्षेत्रमा धेरै बन्दुकको आवाजसमेत सुनिएको विवरणहरूमा जनाइएको छ । विस्फोटको समयमा गुरुद्वारामा धेरै भक्तहरू थिए । विस्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

‘काबुल सहरको कार्ते परवान क्षेत्रमा विस्फोटको आवाज सुनिएको थियो । यस घटनाको प्रकृति र हताहतीको विवरण सार्वजनिक हुन बाँकी छ ’ अफगानिस्तानको टोलो न्युजले ट्विट गरेको छ ।

गत १५ अगस्टमा तालिबानको सत्तारोहणपछि पनि अफगानिस्तानमा हिंसात्मक घटनामा कमी आएका छैनन् । दोस्रो पटक सत्तामा पुगेपछि तालिबानले महिलाहरूका हक अधिकार कटौती भएका छन् । अधिकार कटौती भएको भन्दै महिलाहरूले राजधानी काबुललगायतका सडकमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  १२ : ३७ बजे

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको