भारतबाट भन्सार छलेर ल्याइएको मल धादिङमा किसानले लुटे « Khabarhub

भारतबाट भन्सार छलेर ल्याइएको मल धादिङमा किसानले लुटे


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतबाट भन्सार छलेर नेपाल भित्राएको आशंकामा राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको मल धादिङमा किसानले कब्जामा लिएर वितरण गरेका छन्।

शनिबार धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ६ को धार्के बजारमा रासायनिक मल बोकेको २ वटा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेका हुन् ।

भारतबाट भन्सार छली गरेर ल्याइएको र राजस्व विभागले कब्जामा लिएर काठमाडौं लैजान लागेको भन्दै किसानले कब्जामा लिएका थिए।

दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीहरूले किसानलाई मलको सूचना लिक गराएका थिए। लगत्तै करिब ५०० जति किसान जम्मा भएर राजस्व विभागका कर्मचारीकै सामुन्ने मल लिएर हिँडेका हुन्।

राजस्व अनुसन्धान विभागका एक कर्मचारीका अनुसार विभागले छापा मार्ने सूचना पाएपछि व्यापारीहरुले स्थानीय किसानलाई खबर गरेका थिए। त्यसपछि करिब ५ सय स्थानीयले पृथ्वी राजमार्गको बीच सडकमै मलको ट्रक नै कब्जामा लिएर खोसेका हुन्।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : २० बजे

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम