विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु « Khabarhub

विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विनाशकारी बाढीका कारण बङ्गलादेशमा २५ जनाको मृत्यु भएको छ । रेडियो पाकिस्तानले बङ्गलादेशका विभिन्न सहरहरूमा ४० लाखभन्दा बढी मानिस अलपत्र परेको बताएको छ । भारी वर्षाका कारण बुधबारबाट त्यस क्षेत्रमा बाढी आएको हो ।

सिलहट र सुनमगञ्ज जिल्लामा बाढीको अवस्था बिग्रँदै गएको छ भने अन्य जिल्लामा पनि बाढीको जोखिम रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

डेली स्टारका अनुसार सिल्हेटका गोवाइनघाट, कम्पानिगञ्ज, कानाईघाट, जैंतियापुर, सिल्हेत सदर, जाकीगञ्ज, विश्वनाथ, गुलाबगञ्ज र बेनीबजार सबैभन्दा बढी प्रभावित क्षेत्र हुन् ।

त्यसैगरी हबिगञ्ज जिल्लाको अजमिरीगञ्ज, नबीगञ्ज, हबिगञ्ज सदर उपजिल्ला र हबिगञ्ज शहर शुक्रबारको बाढीले डुबानमा परेका छन् ।

आगामी दुई दिनभित्र बङ्गलादेश र भारतको उत्तरपूर्वी क्षेत्रमा बाढी तीव्र हुने अनुमान मौसमविद्हरूले गरेका छन् । छिमेकी मुलुक भारतको आसम राज्यमा १ लाख २३ हजार लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले जिल्लाका कैयौं तटबन्ध र सडक भत्काउनुका साथै धेरै घरहरू बगाएको छ ।

जिल्लाका पश्चिम नलबारी, घोगरापार, बारभाग, नलबारी, तिहु, बनेकुची र बर्खेत्री राजस्व सर्कलमा बाढीको प्रकोप जारी छ भने २०३ गाउँ डुबानमा परेका छन् ।

असम राज्य प्रकोप व्यवस्थापन प्राधिकरण ९एएसडीएमए० को रिपोर्ट अनुसार विगत दुई दिनदेखि परेको मुसलधारे वर्षाले जिल्लाका धेरै नदीहरूको पानीको सतह बढ्दै गएको छ र १,८९१।८० हेक्टर बाली जमिन डुबानमा परेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा बाढीमा डुबेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ९ : ४९ बजे

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई

पुर्णबहादुर नाममात्रैको कार्यवाहक, पार्टी सञ्चालन देउवा निवासबाटै हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले तोकिएको समयमा नै पार्टीको

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

मिल्दै राप्रपा र राप्रपा नेपाल, फुटेको चार वर्षपछि एकता गर्ने लिङ्देन-थापा सहमति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच