सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ : प्रचण्ड (भिडियो) | Khabarhub Khabarhub

सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको छ : प्रचण्ड (भिडियो)


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको दाबी गरेका छन्।

आइतबार काठमाडौँमा नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले मुलुकको परिवर्तनलाई रक्षा गर्नका लागि सबै पूर्व माओवादीहरू एक ठाउँमा आउने अवस्था तयार भएको दाबी गरेका हुन्।

प्रचण्डले एकताको विभाजनको श्रृखला पार गरेर अहिलेको अवस्थामा आएको भन्दै करिब करिब पूर्व माओवादी भन्नेहरू एक ठाउँमा आउने वातावरण बनेको र त्यसको असर अन्य सङ्गठनमा पनि पर्नु स्वाभाविक रहेको धारणा राखे। उनले परिवर्तन नरुचाउने तत्त्वहरू अहिले पनि यसलाई उल्टाउन सकिन्छ कि भन्ने खेलमा लागेको बताए।

प्रचण्डले कर्मचारीहरूले राखेका विषयहरूलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ०९ बजे

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको