आकाशसँग पूजाको ‘हाँस्ने खेल्ने बेलैमा’ (भिडियो) « Khabarhub

आकाशसँग पूजाको ‘हाँस्ने खेल्ने बेलैमा’ (भिडियो)


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत हप्ता मात्र छायांकन गरिएको पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना बिर्सना’ को गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘हाँस्ने खेल्ने बेलैमा’ बोलको गीतमा गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने अञ्जु पन्त र किरण गजमेरले स्वर दिएका छन् । लभस्टोरी फिल्म ‘सम्झना बिर्सना’को सार्वजनिक गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेको छन् ।

शिव ढकालले खिचेको गीतलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् । निमेष प्रधान निर्देशित फिल्ममा पूजा र आकाशसँगै सुनिल थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको पनि अभिनय रहेको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा निर्देशक निमेषकै कथा तथा पटकथा रहेको छ भने संवाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् । दार्जिलिङ, सिलगुडी र सिक्किमका विभिन्न स्थानहरूमा फिल्मको छायांकन भएको हो । फिल्ममा राजन इशान र सुदर्शन तामाङको संगीत, रामजीसँगै कमल राईको कोरियोग्राफी र तारा थापा ‘किम्भे’को सम्पादन छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ४ : ०९ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा