नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाई काठमाडौंको जग्गा बिक्री गर्ने ५ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाई काठमाडौंको जग्गा बिक्री गर्ने ५ जना पक्राउ


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

व्युरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक श्याम कुमार महतोले जानकारी दिए । जग्गा बिक्री गर्ने क्रममा शान्तादेवी नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाइएको र नक्कली छोरी खडा गरि नक्कली विवाद दर्ता प्रमाणपत्र समेत पेस भएको अनुसन्धानबाट खुलेको महतोले बताए ।

लामो समयपछि नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउन खोज्दा आफ्नो नाममा नभएको पाइएपछि व्युरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महतोले जानकारी दिए । पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको व्युरोले जानकारी गराएको छ । पक्राउ परेका व्यक्तिहरुको बारे थप अनुसन्धान समेत भइरहेको व्युरोको भनाई छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : ०९ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७