अदालत परिसरबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ | Khabarhub Khabarhub

अदालत परिसरबाट फरार व्यक्ति तीन घण्टापछि पक्राउ


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिए ।

अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो ।

यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताए । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ८ : २५ बजे

अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं– सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

टेक्सस–  विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’

काठमाडौँ – निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा

रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति

काठमाडौं – दलित महिला सङ्घ (फेडो)ले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा