अग्निपथको विरोधमा भारत बन्द : बिहारका २० जिल्लामा इन्टनेट सेवामा रोक  | Khabarhub Khabarhub

अग्निपथको विरोधमा भारत बन्द : बिहारका २० जिल्लामा इन्टनेट सेवामा रोक 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सर्तकता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

हालै सरकारले ल्याएको उक्त योजनामा भारतका १७ देखि साढे २१ वर्ष उमेर समूहका युवा–युवतीहरूलाई जल, स्थल र वायु गरी तीन ओटै सैन्य सेवामा जवान पदमा चार वर्षको अल्पकालीन करारमा भर्ना गरिने उल्लेख छ ।

योजनाअनुसार सैनिक सेवामा प्रवेश गरेका ७५ प्रतिशत युवाले चार वर्षमै अवकाश पाउने छन् । योजनालाई लिएर केही दिनदेखि भारतमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । युवाहरूको विरोधबीच सरकारले योजना फिर्ता नगर्ने बताउँदै आएको छ । रक्षा खर्च कटौती गर्ने बाहनामा सरकारले लाखौँ युवाको अवसर खोसेको आन्दोलनकारीले बताउँदै आएका छन् । सरकारले ल्याएको योजनाको विरोधमा आन्दोलनकारीले दर्जनौँ सवारी साधन र रेलमा आगजनी गरेका छन् । त्यस्तै, करोडौँ मूल्य बराबरको भौतिक सम्पत्तिमा क्षति पुर्‍याएका छन् ।

बिहारमा २५० रेलले आफ्नो सेवा रद्द गरेका छन् । आन्दोलनकारीले बिहारमा रेललाई निशाना बनाउँदै आएका छन् । बिहार सरकारले अतिसंवेदनशील मानिने पार्टी कार्यालयहरूमा सुरक्षा बढाएको छ । हालसम्म २० जिल्लामा इन्टरनेट सेवा बन्द छ ।  केरला प्रहरीले आफ्नो सम्पूर्ण बल आज हिंसा नियन्त्रणमा लगाउने जनाएको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार झारखण्डमा सोमबार स्कूलहरू बन्द गरिएका छन् । त्यहाँ कक्षा ९ र ११ को चलिरहेको परीक्षा पनि स्थगित गरिएका छन् । दिल्ली नजिकैको गौतम बुद्ध नगरमा ठूला जमघटहरूमा प्रतिबन्ध लगाउने निषेध आदेश लगाइएको छ । विभिन्न राज्यबाट दर्जनौँ आन्दोलनकारी पक्राउ परेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ९ : ५० बजे

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित काशीपुरमा बन्धक बनाइएका ३५ जना

मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा