विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य « Khabarhub

विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुईजना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ ।

यसैगरी प्राधिकरणले स्वचालित प्रणालीले तोके बमोजिम दुई जना पाइलट राख्नुपर्ने अनिवार्य व्यवस्था समेत गरेको छ । हाल नेपालमा १० वटा निजी र नेपाल सरकारको एक गरी ११ वटा हेलिकप्टर कम्पनी छन् । प्राधिकरणले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ क्षमता भरिएकाले काठमाडौँ बाहिर हेलिकप्टर र जहाजलाई सार्ने निर्णय समेत गरेको छ ।

हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएका आधार विमानस्थलमा जहाज पार्किङ गर्नुपर्ने जनाएको छ । यसैगरी हेलिकप्टरले पनि यही असार ७ गतेदेखि तोकिएका काठमाडौँ बाहिरका विमानस्थलमा आफ्नो रात्रि बिसान गरी पहिलो उडान ती विमानस्थलबाटै अनिवार्य गर्नुपर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : १० बजे

काभ्रेको जनहित माविमा नयाँ भवन निर्माण सुरू, भारतको ५ करोड ५० लाख रुपैयाँ सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित श्री जनहित माध्यमिक विद्यालयमा नयाँ विद्यालय

धुलिखेल र चीनको अली प्रिफेक्चरबीच भगिनी सहर सम्बन्ध सुदृढ गर्ने सहमति

धुलिखेल-धुलिखेल नगरपालिका र जनवादी गणतन्त्र चीनको सिजाङ (तिब्बत) स्थित अली

रूस–युक्रेन द्वन्द्व जारी, युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार

एजेन्सी– युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौँ किलोमिटर

पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा

काठमाडौं– राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’  पेस भएको

देउवा साउन २६ गते हङकङबाट नेपाल फर्किने

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते