स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ : अर्थमन्त्री शर्मा « Khabarhub

स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ : अर्थमन्त्री शर्मा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले बिभिन्न वस्तुहरूलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धि समेत भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् । अर्को धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ ।

No description available. अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यक रुपमा करको दायरा हेरफेर नगरिएको समेत बताए । त्यस्तै उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको जिकिर गरे । उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगी मैत्री बजेट आएको बताएका छन् ।

No description available. बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजिकरण गर्ने बताए । उनले बन्द भएका उद्योगहरूलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने धारणा राखे । त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे । पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्यो भन्दा बढि घटाउन नसक्ने उनले स्पष्ट पारे । 

उनले पेट्रोलियम पदार्थ खरिद भन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए । जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ३८ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई