स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

स्वदेशी वस्तुमा आत्मनिर्भर हुन कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ : अर्थमन्त्री शर्मा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा अर्थमन्त्री शर्माले बिभिन्न वस्तुहरूलाई आयात गर्दा व्यापार घाटा बढ्ने र मूल्यवृद्धि समेत भएकाले स्वदेशी बस्तुमा आत्मनिर्भर हुनका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका हुन् । अर्को धानमा आत्मनिर्भर हुनका लागि पनि सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ ।

No description available. अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटमा अनावश्यक रुपमा करको दायरा हेरफेर नगरिएको समेत बताए । त्यस्तै उनले स्वदेशी सेनेटरी प्याडको उत्पादनले समेत माग धान्न नसकेका कारण बाहिरबाट आउने सेनेटरी प्याडमा कर छुट दिइएको जिकिर गरे । उनले स्वदेशी उद्योगलाई ध्वस्त पार्ने सरकारको कुनै योजना नरहेको भन्दै उद्योगी मैत्री बजेट आएको बताएका छन् ।

No description available. बैठकमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्योगलाई सहज सञ्चालनका लागि सरकारले आवश्यक सहजिकरण गर्ने बताए । उनले बन्द भएका उद्योगहरूलाई सञ्चालनका लागि निजी क्षेत्रको सहयोग लिइने धारणा राखे । त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाध्यात्मक अवस्था भएको जिकिर गरे । पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको र त्यो भन्दा बढि घटाउन नसक्ने उनले स्पष्ट पारे । 

उनले पेट्रोलियम पदार्थ खरिद भन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए । जनतालाई थप मारमा नपार्नका लागि ग्यासमा मूल्यवृद्धि गर्न नदिएको उनले बताएका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ३८ बजे

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान

नाइजेरियामा आईएसआईएसको आक्रमण, ३४ सैनिकको मृत्यु

एजेन्सी– नाइजेरियाको दक्षिणपश्चिमी भागमा, मालीको सीमा नजिकै रहेको सैनिक अड्डामा

अमेरिकासँग तत्काल वार्ता सम्भावना छैन : इरानी विदेशमन्त्री

काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अरागचीले इरानी जनतामाथि जारी बमबारीका बीच

व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टाचार अन्त्य हुँदैन : राजेन्द्र लिङदेन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था

सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको