डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न सांसदहरूको माग « Khabarhub

डोट्याली भाषामा गेटा मेडिकल कलेज सञ्चालन गर्न सांसदहरूको माग


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय, स्थानीय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले मूल्यवृद्धिको मारमा जनता पिल्सिएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 

सांसद दीपप्रकाश भट्टले त सुदूरपश्चिम प्रदेशमा चलनचल्तीमा रहेको डोट्याली भाषामा गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालनमा ल्याउन माग गरे । उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालयमा परिवर्तन गर्न स्थानीय भाषामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशबाट पटकपटक प्रधानमन्त्री भएकामा शेरबहादुर देउवाप्रति स्थानीयवासीको ठूलो अपेक्षा रहेको बताए ।

सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । त्यस्तै सांसद देवप्रसाद गुरुङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरे। सांसद नवीना लामाले पनि इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न अनुरोध गरे ।

शून्य समयमा सांसदहरू डिला सङ्ग्रौला, थममाया थापा दलबहादुर राना,  दामोदर भण्डारी, नरबहादुर धामी, नवराज सिल्वाल, नारदमुनी राना, निरूदेवी पाल, पूर्णाकुमारी सुवेदीले देश र जनताका पक्षमा सरकारले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : १५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना