अध्ययनको दाबी– ओखरले कम गर्छ ‘डिप्रेशन’ « Khabarhub

अध्ययनको दाबी– ओखरले कम गर्छ ‘डिप्रेशन’


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खाँदा डिप्रेसनको खतरा कम हुन जान्छ र एकाग्रताको स्तरमा बृद्धि हुन्छ ।

क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताले ओखर खाने मानिसमा डिप्रेसनको समस्या २६ प्रतिशत कम हुने तथ्य पत्ता लगाएका हुन् । जबकी यस्तै खालका अन्य चिज खाने मानिसमा डिप्रेसनको स्तर आठ प्रतिशत कम पाइएको छ ।

यो अध्ययन न्यूट्रेट जर्नलमा प्रकाशित भएको छ । अध्ययनका अनुसार ओखरले शरीरमा उर्जालाई बृद्धिगर्दै एकाग्रतालाई बृद्धि गर्छ ।

विश्वविद्यालयका प्रमुख शोधार्थी लेनोर अरबले अध्ययनको नतिजाको दाबी गर्दै बताए अनुसार अध्ययनमा सहभागी भएका ६ मध्ये एक वयस्क जीवनमा एक पटक डिप्रेसनको शिकार हुन्छन् । यसबाट बच्नका लागि खान पानमा परिवर्तन गर्न जरुरी छ ।

यो अध्ययनमा २६ हजार भन्दा धेरै अमेरिकी वयस्कलाई सहभागी गराइएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १० : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल