‘देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’- महेश्वरजंग गहतराज « Khabarhub

‘देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’- महेश्वरजंग गहतराज


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रको विकासका लागि देशको प्रमुख प्रशासनिक निकायमा यस विषयमा जानकारी गराउन आवश्यक रहेको बताएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि आज भएको साधारण सभाको उद्घाटन गर्दै उनले देशका प्रमुख निकायमा खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र मात्र हो भन्ने बुझाइ रहेको हुँदा यस विषयमा बुझाउन आवश्यक रहेको बताए । 

मन्त्री गहतराजले हाम्रो देश प्राकृतिक रुपमा सुन्दर रहेकाले खेललाई पर्यटनसँग जोड्नुपर्ने भनाइसमेत व्यक्त गरे । उनले आज नै हुने एन्फा चुनावको नतिजाले नेपाली फुटबल क्षेत्रमा नयाँपन थपिने विश्वास व्यक्त गरे । एन्फाको २१औँ साधारणसभामा एन्फा मातहतका ४८ जिल्ला, १४ ‘ए’ डिभिजन, ११ ‘बी’ डिभिजन, नौ ‘सी’ डिभिजन, रेफ्री, प्रशिक्षक, खेलाडी र महिला सङ्घ तथा राष्ट्रिय लिगका लागि छानिएका चार क्लबका गरी १०४ प्रतिनिधिलगायतको उपस्थिति थियो ।

अहिले एन्फाको चुनावी प्रक्रिया सुरु भएको छ । एन्फाको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको प्यानलबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षमा कर्माछिरिङ र पंकजविक्रमसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौड्याल पनि प्रतिस्पर्धामा छन्। 

पौड्याल भने एकल उम्मेदवार छन् । एन्फाको साधारणसभाले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार र महिला दुईसहित १५ सदस्य निर्वाचित गर्नेछ । वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा चार, महिला सदस्यमा पाँच र सदस्यमा ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । पन्ध्र सदस्यमध्ये १३ खुल्ला र दुई महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन्। 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : २५ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको