नक्कली जारको पानी बेच्ने प्रहरीको फन्दामा, १९७ जार बरामद | Khabarhub Khabarhub

नक्कली जारको पानी बेच्ने प्रहरीको फन्दामा, १९७ जार बरामद


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्य कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेच्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अरु कम्पनीको ट्रेडमार्क प्रयोग गरी पानीको जार बेचेको आरोपमा प्रहरीले सर्लाही लालबन्दीका आशिष कार्की र चितवन रत्ननगरका किरण श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरुको सथबाट दुईवटा डीआई गाडी र १९७ वटा पानीको जार समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँको कलंकी सडक खण्डमा उनीहरुले अन्य कम्पनीको ट्रेडमार्क रहेको पानी बिक्री गरिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति एवम् बरामद सामानहरुलाई आवश्यक अनुसन्धान एवम् थप कारवाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग पठाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ०० बजे

‘कुलिङ पिरियड’मा बदमासीबारे यस्तो छ तीन मन्त्रीको बयान

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० मा समेटिएको ‘कुलिङ अफ

‘कुलिङ पिरियड’ मा रामहरि खतिवडाको कार्यशैली रहस्यमयी : माधव सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ‘कुलिङ पिरियड’मा भएको

अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं– सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

टेक्सस–  विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’

काठमाडौँ – निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा