सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पुर्पक्षका लागि थुनामा « Khabarhub

सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पुर्पक्षका लागि थुनामा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ जिल्ला अदालतले सुन्दरी प्रतियोगिताको आडमा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। अदालतले पाण्डेलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश आदेश दिएको हो।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक रहेका पाण्डेले ८ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षे एक किशोरीलाई बलात्कार गरेको आरोप लगाउँदै किशोरीले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेपछि गत जेठ ७ गते पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। पीडित युवतीले गत जेठ ४ गते सार्वजनिक गरेको भिडियो सन्देशमा सक्सेस पार्टीका लागि पाण्डेले काठमाडौंको एक होटलमा बोलाएर कुराएको र केही समयमा कोठामा लगेर बलात्कार गरेको आरोप लगाइएको थियो।

पक्राउमा परेका पाण्डेविरुद्ध प्रहरीको अनुसन्धानपछि काठमाडौं सरकारी वकिलको कार्यालयले यौन दुर्व्यवहार र मानव बेचविखनको अभियोगमा १० देखि १५ वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँ क्षतिपूर्तिको दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। बहसपछि जिल्ला अदालत काठमाडौँले पाण्डेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ०० बजे

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का