लागूऔषधसहित तीन जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिरहामा लागूऔषध र ४३ हजार ५ सय रुपैयाँ नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका-७ बस्ने १८ वर्षका गौतम ठाकुर, भारत मधुवनी जिल्ला, पञ्चायत राजनगर  थाना फेरण श्रीपट्टी घर भई लहान बस्ने २१ वर्षीय मोहमद अख्तर र मधुवनीकै ग्राम पञ्चायत खरियोग थाना पिप्राहीका २७ वर्षीय धर्मेन्द्रकुमार ठाकुर रहेका सिरहाका प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा आइतबार मध्यरात प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले लहान-८ स्थित मोहमद अफजतले सञ्चालन गरेको आल्मुनियम पसल र लहान-१ स्थित दयाराम ठाकुरको घरमा खानतलासी गर्दा पसल र घरबाट लागूऔषध बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले फेनारगन, डाइजिल्यावव्युप्रिनोर्फिन गरी २४ सय १५ एम्पुल, नाइट्राभेट ४८० र स्पामोप्राक्सिभिन ४३२ ट्याबलेटका साथै डाइलेक्स डिसी नामक लागूऔषध ४३९ बोतल बरामद गरिएको जनाएको छ । उनीहरूबाट ज१प ४७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ४८ बजे

अब इम्बोस्ड नम्बर अनिवार्य

काठमाडौं– सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ

सगरमाथा आरोही दुई नेपाली महिला टेक्ससको ड्यालसमा सम्मानित

टेक्सस–  विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्ने दुई नेपाली

‘कुलिङ पिरियड नहुँदा शासन प्रणाली भ्रष्ट र अनैतिक, अपवित्र गठबन्धन र अनुचित रजगज’

काठमाडौँ – निजामती सेवामा कुलिङ पिरियड (विश्राम अवधि) स्पष्ट नहुँदा

रामहरिले भने- कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

बहुविवाहलाई मान्यता दिने मस्यौदाप्रति फेडोको आपत्ति

काठमाडौं – दलित महिला सङ्घ (फेडो)ले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा