शनिबारदेखिको अविरल वर्षाका कारण चीनमा झण्डै ५ लाख मानिस प्रभावित | Khabarhub Khabarhub

शनिबारदेखिको अविरल वर्षाका कारण चीनमा झण्डै ५ लाख मानिस प्रभावित


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अविरल वर्षाका कारण पूर्वी चीनको जियाङ्सी प्रान्तमा झण्डै ५ लाख मानिसहरु प्रभावित भएका छन् । प्रान्तमा करिब ४८५,००० बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जियाङ्सीको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले बाढी नियन्त्रणको आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति समेत गरेको छ ।

शनिबार दिउँसो ३ बजेदेखि जारी भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको छ ।

मुख्यालयका अनुसार बाढीबाट ४७ करोड युआन अर्थात् करिब ७ करोड अमेरिकी डलर प्रत्यक्ष आर्थिक क्षति पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षाको चेतावनी दिएको छ । वर्षाको प्रभाव बुधबार उत्तरमा याङ्जी नदीतर्फ सर्ने सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : २० बजे

एमाले धनुषामा कुटाकुट : अधिवेशनस्थलको कुर्सी तोडफोड, रघुवीर पक्षले जिल्ला अध्यक्ष लखेटे

धनुषा- नेकपा एमाले धनुषाको जिल्ला अधिवेशनस्थलमै दुई समूहबीच कुटाकुट भएको

रेशम पक्राउसम्बन्धी घटनाको छानविन गर्न माग

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी पक्राउसम्बन्धी

ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्नसक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी

वाशिङ्टन- अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सोमबार ट्रम्प प्रशासनको भन्सार

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

काठमाडौं– सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा