‘स्त्री’ को प्रिक्वेल बन्ने « Khabarhub

‘स्त्री’ को प्रिक्वेल बन्ने


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेत्री श्रद्धा कपूर र अभिनेता राजकुमार रावको फिल्म  ‘स्त्री’ लाई दर्शकले निकै मन पराएका थिए । सन् २०१८ मा रिलिज भएको फिल्म ‘स्त्री’ को प्रिक्वेल बन्ने भएको छ । ‘स्त्री’ को सफलतापछि निर्माताहरू यो हरर कमेडी फिल्मको नयाँ संस्करण बनाउने तयारीमा जुटेका हुन् ।

निर्माता दिनेश विजानले फिल्मको सफलतापछि राजकुमार राव र जान्हवी कपूरका साथ फिल्म ‘रुही’ बनाएका थिए । यसपछि उनले वरुण धवन र कृति सेननका साथ फिल्म ‘भेडिया’ पनि तयार गरिरहेका छन् । यही मेसोमा दिनेशले ‘स्त्री’ को प्रिक्वेलको योजना बनाएका हुन् । फिल्ममा अभिनयका लागि अभिनेत्री श्रद्धाले सहमति जनाइसकेकी छन् । फिल्म यसै वर्षको अगस्टसम्म फ्लोरमा जानेछ ।

प्रिक्वेलमा श्रद्धाले स्त्री बन्न तय गरेको बाटोलाई देखाइने छ । फिल्ममा अन्य को-को रहनेछन् भन्ने विषयमा जानकारी गराइएको छैन ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : २१ बजे

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले