कास्कीको मादी गाउँपालिका ६५ करोड ४८ लाख बजेट | Khabarhub Khabarhub

कास्कीको मादी गाउँपालिका ६५ करोड ४८ लाख बजेट


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६५ करोड ४८ लाख ८० बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको ११ औँ गाउँसभामा आज उपाध्यक्ष कल्पना गुरुङले सो बराबरको अनुमानित बजेट सभामा प्रस्तुत गरेको सभामा छलफलपछि सर्वसम्मत पारित भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ६२ करोड २२ लाख ४० हजार बराबरको बजेट पेश गरेकोमा आगामी आवमा बजेट वृद्धि गरिएको छ । चालु आवको तुलनामा पालिकाको बजेट पाँच दशमलव २५ प्रतिशतले बढी हो ।

गाउँपालिकाको आवश्यकता, उपलब्ध स्रोतसाधन र जनअपेक्षा अनुरूप दिगो विकास तथा रोजगारीको अवसरमा जोड दिने उद्देश्यसहित बजेट कार्यक्रम ल्याइएको उपाध्यक्ष गुरुङले बताए । कृषि र पशुपालनको क्षेत्रमा लगानी वृद्धि गरी कृषि उपजमा आत्मनिर्भर बनाइ रोजगारीका अवसरको सिर्जना गर्ने र युवा स्वरोजगार कोषको स्थापना गरी रोजगार वृद्धिलाई प्राथमिकतामा राखिएको छ ।

आगामी बजेटमा आर्थिक विकास तर्फ रु पाँच करोड ४२ लाख ४० हजार, सामाजिकमा रु ३२ करोड ८८ लाख ६० हजार, पूर्वाधार विकास तर्फ रु १४ करोड २५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु ८५ लाख ७० हजार र सुशासन तथा संस्थागत विकास तर्फ रु १२ करोड सात लाख १० हजार विनियोजन गरिएको उपाध्यक्ष गुरुङले बताए ।

कूल बजेटको स्रोतमा सङ्घीय सकार वित्तीय समानिकरणबाट रु नौ करोड, ६२ लाख, सङ्घीय सरकार स-र्शत अनुदान रु २९ करोड ९२ लाख, सङ्घीय सरकार विशेष अनुदान रु एक करोड, सरकार बाँडफाँड प्राप्त राजस्व रु १० करोड तीन लाख र सङ्घीय सरकार बाँडफाँड भई प्राप्त हुने रोयल्टी रु एक करोड छ लाख ४० हजार रहेको छ ।

यसैगरी गण्डकी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु एक करोड चार लाख ९५ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड रु ८१ लाख २२ हजार, पिएलजीएसपि तथा अन्य सशर्त अनुदान चालु कार्यक्रम रु छ लाख, सडक बोर्ड अनुदान रु ५० लाख तथा आन्तरिक, आय रोयल्टी तथा अघिल्लो आर्थिक वर्षको  समेत रु नौ करोड ४८ लाख ६४ हजार बजेटको स्रोत अनुमान गरिएको उपाध्यक्ष गुरुङले बताए । 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ८ : ०५ बजे

नयाँ पुस्तालाई साहित्य सञ्जालमा जोडौँ : मन्त्री पन्त

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले साहित्य चिन्तनले सामाजिक

भारतको रक्षा क्षेत्रमा ठूलो प्रगति, लडाकु विमानको इन्जिन स्वदेशमै बन्ने

नयाँ दिल्ली- भारत सरकारले लडाकु विमानका इन्जिन स्वदेशमै विकास तथा

गौर हत्याकाण्ड छानविन गर्न दिएको सर्वोच्चको आदेश आश्चर्यजनक : प्रवक्ता सुमन

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले गौर

घाग्रा खोलामा पुल निर्माण

विर्तामोड– झापाको विर्तामोड नगरपालिका–२ र कनकाई नगरपालिका–९ जोड्ने घाग्रा खोलामा

भूमिसम्बन्धी विधेयकविरुद्ध आन्दोलन गर्ने जसपाको घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धि विधेयक मुलुक र