निर्वाचन आयोगले रवि लामिछानेको दल दर्ता गर्न नहुने सूर्य थापाको तर्क « Khabarhub

निर्वाचन आयोगले रवि लामिछानेको दल दर्ता गर्न नहुने सूर्य थापाको तर्क


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगले दर्ता गर्न नहुने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्न नहुने टिप्पणी गरेका हुन् । आजै सभागृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिइसकेका छन् ।

कानुनत स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार रहेको भन्दै थापाले व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको धारणा राखे ।

तर, यस्तो अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरित रहेको उनको टिप्पणी छ । स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नु नहुने उनको तर्क छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : ४४ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान